बाग्मती सरकारकाे न्यूनतम साझा कार्यक्रम, प्रहरी समायोजन गरी प्रदेश प्रहरी सञ्चालन गर्ने

हेटाैंडा । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ ।

न्युनतम साझा कार्यक्रममा प्रदेश सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गर्ने, संविधानले तोकेको क्षेत्रात्रिकार बमोजिम प्रदेशको अधिकार उपयोग गर्ने र स्थानीय तहको हस्तान्तरण गर्ने विषय पनि न्युनतम साझा कार्यक्रममा समेटिएको छ ।

न्युनतम साझा कार्यक्रममा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्याउने विषय पनि उल्लेख गरिएको छ । चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने लक्ष्य राखिएको छ ।

न्यूनतम साझा कार्यक्रममा प्रदेश प्रहरी समायोजन गरी प्रदेश प्रहरी सञ्चालन गर्ने, प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न प्रदेश अनुसन्धान व्यूरो गठन गर्ने पनि उल्लेख गरिएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×