महिला स्क्वासः विपना र स्वस्थानी स्वर्णका लागि भिड्ने

काठमाडौँ - बागमती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला स्क्वासको स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन्। पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन्। विपनाले भावनामाथि ११-८, ११-४ र ११-५ सहज जित आत्मसात गरिन्।

अर्काे सेमिफाइनलमा बागमतीकी स्वस्थानीले गण्डकीकी कृष्णा थापा मगरलाई ३=१ को सेटमा स्तब्ध पार्दै फाइनलमा पुगिन्। स्वस्थानीले सुरुवाती सेट १३=११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११-७, ६-११ र ११-७ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाउन सफल भइन्। आठौ राष्ट्रिय खेलकुदको च्याम्पियनसमेत रहेकी कृष्णाले कास्यका लासग भावनासँग प्रतिस्पर्धा गर्नेछिन्।

पुरुषतर्फको टिम इभेन्ट्समा बागमती प्रदेश र गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ। लुम्बिनी प्रदेशलाई हराउँदै बागमती प्रदेश फाइनल प्रवेश गरेको हो। गण्डकीले एपीएफलाई पराजित गर्दै फाइनलमा स्थान बनायो।

टिम इभेन्टतर्फ लुम्बिनी र एपीएफले कास्य जितेका छन्। गण्डकीका अमृत थापामगरले व्यक्तिगत विधातर्फ स्वर्ण जितिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×