काठमाडौँ - युवा स्टार खेलाडी केलियन एम्बाप्पेको ह्यट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ।
आइतबार राति पिएसजीले लिललाई ७-१ अन्तरले पराजित गरेको हो। सहज जित निकाल्ने क्रममा एमबाप्पेले ह्याट्रिक गरे भने नेयमारले २ गोल गरेका थिए।
लियोनल मेस्सी र आचराफ हाकिमीले १-१ थपेका थिए। लिलका जोनाथन बाम्बाले १ गोल फर्काएका थिए। पिएसजीले पहिलो मिनेटमै गोल गरेको थियो। एम्बाप्पेले एक मिनेट हुन नपाउँदै सुरुवाती अग्रता दिलाएका थिए। पिएसजीले पहिलो हाफमा चार गोल गरेको थियो।
लगातार तेस्रो जितसँगै पिएसजीले ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ।