बहुप्रतीक्षित चलचित्र ‘हर हर महादेव’को ट्रेलर सार्वजनिक

काठमाडौँ - बलिउडको बहुप्रतीक्षित चलचित्र ‘हर हर महादेव’को ट्रेलर सार्वजनिक भएको छ। जी स्टुडियोज्को यस चलचित्रको ट्रेलर सोमवार सार्वजनिक गरिएको हो।

ट्रेलरले दर्शकलाई चलचित्रबारे थप जिज्ञासा पैदा गरेको निर्माताले बताएका छन्। चलचित्रमा ‘छत्रपति शिवजी महाराज’को कथा समेटिएको बताइएको छ।चलचित्रको  ट्रेलर लामो समयपछिको प्रतीक्षापछि सार्वजनिक गरिएको हो। चलचित्रमा बाजी प्रभु देशपाण्डेको  जीवनयात्राबारे देखाइएको छ। जसमा १२ हजार शत्रुमाथि ३ सय सैनिकले युद्ध लडेर विजयी हासिल गरेको कहानी छ।

चलचित्रलाई अभिजीत देशपाण्डेले निदेशन गरेका हुन् भने जी स्टुडियोज्ले निर्माण गरेको हो। चलचित्रमा सुबोध भावे, शरद केलकर, अमृता खानविलकर, सायली सञ्जिव लगायतले मुख्य भूमिका रहेको छ।यो चलचित्र आगामी अक्टोवर २५ देखि सिनेमाहलमा आउने तयारीमा छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×