सामसङको एस २२ सिरिजको बिक्री सुरु

काठमाडौँ - सामसङले पुनः प्रयोगलाई प्राथमिकता दिएर तयार पारेको ग्यालेक्सी एस २२ सिरिज अन्तर्गतका तीन स्मार्टफोन  विश्वव्यापी बिक्री सुरू भएको छ।

कम्पनीले, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ नेपाली बजारमा पनि ल्याएको छ। क्यामेरामा विशेष ध्यान दिएको कम्पनीले ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मा भएको नाइटोग्राफी फिचर राखेको छ। जसले प्रयोगकर्तालाई दिनमा होस् वा रातमा जुनसुकै बेला रेकर्डिङ गर्दा पनि अगाडि पछाडि दुवै क्यामराहरूले स्पष्ट भिडियो खिच्न सकिने सुविधा दिन्छ। ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगापिक्सेलको मुख्यसहित १० मेगा पिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स पनि छ। ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ तीनै स्मार्टफोनमा पोट्रेट मोड र अटो फ्रेमिङ फिचर दिइएको छ।

ग्यालेक्सी एस २२ अल्ट्रामा उपलब्ध एस पेन अहिलेसम्मकै अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ रहेको कम्पनीको भनाइ छ। ग्यालेक्सी एस २२ सिरिजको बडी र एस पेनको भित्री खोल २० प्रतिशत पुनः प्रशोधित माछा मार्ने जालबाट बनाइएको छ। यस्तै, प्याकेजिङमा शत प्रतिशत पुनः प्रशोधित कागज र पुनः प्रशोधित प्लाष्टिक प्रयोग गरिएको सुरक्षित फिल्म राखिएको छ। ग्यालेक्सी एस २२ अल्ट्रा प्रकृतिलाई झल्काउने रंगहरू फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डी अप्सनमा उपलब्ध छ। यस्तै, ग्यालेक्सी एस २२ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रंगमा उपलब्ध गराइएको छ। नेपाली बजारमा ग्यालेक्सी एस २२ अल्ट्राको १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य १ लाख ६९ हजार ९९९ राखिएको छ भने १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजनको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ छ।

त्यस्तै, ग्यालेक्सी एस २२ को ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ। त्यति नै ¥याम र स्टोरेज क्षमता भएको ग्यालेक्सी एस २२ प्लसको मूल्य भने १ लाख २९ हजार ९९९ रुपैयाँ रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×