‘ए’ डिभिजन लिग : थ्री स्टारलाई जित्न नसक्दा आर्मीको एएफसी कप खेल्ने सम्भावना समाप्त

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत भने गर्न सकेनन्। उल्लेखनिय दर्शकहरुको उपस्थिति रहेको खेलमा पहिलो हाफमा दुवै टोलीले धेरै सुनौला अवसरहरु बनाएका थिए। बराबरीमा रोकिएसँगै एएफसी कपमा जाने आर्मीको समीकरण पनि टुंगिएको छ। 

 मछिन्द्र क्लब १४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ भने १३ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ। अंकतालिको तेस्रो स्थानमा १२ अंक जोडेको संकटा क्लब छ भने चौथो स्थानमा १० अंक जोडेको आर्मी छ। त्यस्तै, थ्री स्टार ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×