काठमाडौं - नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथढकालले संघिय संसदमा प्रमुख प्रतिपक्ष दलका नेता, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग उनकै निवास बालकोटमा पुगेर महत्वपुर्ण भेटघाट गरेका छन् ।
ओली संगको भेटमा समसामयिक राजनीति, संसदमा प्रतिपक्षको भूमिका, राष्ट्रियताको संवर्द्धन तथा नेपालको अन्तराष्ट्रिय सम्बन्धका बहुआयामिक बिषयमा कुराकानी भएको परिवार दलका महामन्त्री सन्तोष पौडेलले बताए । प्रतिनिधि सभाका सदस्य ढकाल अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समिति सदस्य छन् ।