स्याङ्जामा ९२ जनाले फिर्ता लिए उम्मेदवारी

स्याङ्जा - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन्। पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएकामध्ये ९२ ले फिर्ता लिएका हुन्। निर्वाचनको कार्यतालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेसँगै प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी कूल ९२ ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।
 
प्रमुख÷अध्यक्षमा १४, उपप्रमुख÷उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र खुला, महिला र दलित सदस्यमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट ५५ ले उम्मेदवारी फिर्ता लिएका हुन्। वालिङ नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, वडाध्यक्षमा छ र सदस्यमा १३ गरी कूल २२ ले उम्मेदवारी फिर्ता लिएको वालिङ नगरका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए।
 
त्यस्तै पुतलीबजार नगर प्रमुखमा तीन, वडाध्यक्षमा छ र अन्य सदस्यमा नौ गरी १८, गल्याङ नगर प्रमुखमा एक, वडाध्यक्षमा दुई र महिला सदस्य एक गरी चारले उम्मेदवारी फिर्ता लिएका हुन्। चापाकोट नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, सदस्यमा दुई गरी चार, भिरकोट नगर प्रमुखमा एक, उपप्रमुखमा एक, वडाध्यक्षमा तीन, सदस्यमा छ गरी ११ ले फिर्ता लिएको जनाइएको छ। 
 
आँधीखोला गाउँपालिकाको अध्यक्षमा दुई, वडाध्यक्षमा एक, खुला सदस्य दुई र महिला सदस्य दुई गरी सातले उम्मेदवारी फिर्ता लिएका छन् भने बिरुवा गाउँपालिकामा एक राप्रपाका खुला सदस्यले उम्मेदवारी फिर्ता लिएका छन्।
 
फेदीखोला गाउँपालिकाको अध्यक्षमा एक, वडाध्यक्षमा दुई गरी तीनले उम्मेदवारी फिर्ता लिएका हुन्। अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा एक महिला र एक पुरुष गरी दुई र एक महिला सदस्य गरी तीनले उम्मेदवारी फिर्ता लिएका हुन्। जिल्लाको कालीगण्डकी र हरिनाश गाउँपालिकामा भने कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×