विजय देवरकोन्डा स्टारर पहिलो बलिउड फिल्म ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज

काठमाडौँ - विजय देवरकोन्डा स्टारर पहिलो बलिउड फिल्म ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज भएको छ। ट्रेलरमा अनन्या पाण्डे विजयको अपोजिटमा प्रस्तुत भएकी छिन्।

ट्रेलरले विजयलाई किन फिल्मको क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने रहस्यलाई पुष्टि गर्छ। राम्या कृष्णन आमाको चरित्रमा अब्बल देखिएकी छिन्।

फिल्ममा विजयले एमएम लडाकुको भूमिकामा अभिनय गरेका छन् भने उनलाई एक्सनका बहुमुखी चरित्रमा प्रस्तुत गरिएको छ। अनन्या विजयकी ‘लभ इन्ट्रेस्ट’को भूमिकामा देखिएकी छिन्।

बक्सिङ लिजेन्ड माइक टायसनले पनि उल्लेखनीय केमियो प्रस्तुत गरेका छन्। एमएम लडाईंको प्रतिस्पर्धामा लाइगरले कसरी आफ्नो देशको प्रतिनिधित्व गर्छन् भन्ने कुरा ट्रेलरमा देखाइएको छ।

ट्रेलरअघि नै फिल्मको पहिलो गीत ‘अक्डी पक्डी’ रिलिज भएको थियो। लाइगर विजयको पहिलो हिन्दी फिल्म मात्र नभएर अनन्याको पहिलो बहुभाषी फिल्म समेत हो।

यो फिल्म भदौ १० गते प्रदर्शन तयारीमा रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×