जनतालाई सेवा दिन राजनीति हुनुपर्छ : सभापति बानियाँ

काठमाडौँ - नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनतालाई सेवा दिन राजनीति हुनुपर्ने बताएका छन्। स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा धादिङको धुनीबेसीमा शनिबार आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा सभापति बानियाँले जनतालाई सेवा दिनका लागि राजनीति हुनुपर्ने बताए।

उनले राजनीतिलाई सबैले बुझ्दा मात्रै जनता र देशको सेवा हुने बताए। ‘जनतालाई सेवा दिनको लागि राजनीति गरेको हो’, उनले भने, ‘राजनीति सबै नागरिकले बुझ्नुपर्छ। ठीक व्यक्तिको हातमा राजनीति र नेतृत्व गएन भने समस्या हुन सक्छ।’

सभापति बानियाँले कांग्रेसले देशको विकास र जनताको सेवाका लागि एमसीसी पास गरेको बताए। उनले एमसीसीको विरोध हुँदाहुँदै कांग्रेसले देश विकासका लागि स्वीकार गरेको बताए।

उनले भने, ‘कांग्रेसले एमसीसी पारित गरेको छ। एमसीसी पारित गर्दा कांग्रेस सिद्धिन्छ भन्थे। कांग्रेस नै ठूलो पार्टी बनेको छ। मुलुकको लागि एमसीसी आवश्यक थियो। पास भयो।’

राजनीति भनेको सेवा हो। राजनीति गर्ने व्यक्तिले जनताको अफ्ठ्यारो, पीडा र दुःखमा कुरा बुझेर सेवा गर्नुपर्छ’, सभापति बानियाँले भने, ‘राजनीतिमा व्यापार हुँदैन। व्यापारमा नाफा नोक्सान हुन्छ। राजनीतिमा नाफा हुँदैन।’

पैसा खर्च गरेर ठूला अस्पतालमा जान नसक्नेलाई आफ्नै ठाउँमा उपचार दिएर स्वास्थ्य सेवा दिने कार्य निकै राम्रो भएको उनको भनाइ छ। कार्यक्रममा धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी, कांग्रेस नेता मधुकरमा श्रेष्ठ, वरिष्ठ अभिनेता नीरबिक्रम शाह, अभिनेता रविन्द्र खड्कालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×