काठमाडौं - राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी कपिलवस्तु शिवराज नगरपालिका–४ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय कुतबुद्दिन शेषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत तुलसीपुरको २०७८ पुष १४ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र सरकारी बाँकी सरह असुल गर्नुपर्ने राजश्व चुहावट गरेको विगो रकम ३ करोड ९९ लाख १० हजार ९ सय ३ तथा जरिवाना १ करोड ९९ ख ५५ हजार ४ सय ५२ रूपैयाँ समेत गरी जम्मा ५ करोड ९८ लाख ६६ हजार ३ सय ५५ रुपैंया वेरुजू रही फरार रहेका उनलाई चन्द्रौटा, कपिलवस्तुबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।