पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

काठमाडौँ - पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट।

फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली। फाँट बीचभागमा कालेपत्र गरिएको सडक । सडकबाट उत्तरतर्फ फर्केर हेर्दा दन्तलहरजस्तै देखिने धवलागिरि, निलगिरिलगायत हिमशृङ्खला। केही समयदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनेको रच्नेचौरको सुन्दरताबारे व्यापक चर्चा हुने गरेको छ।

म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौरको सुन्दरता अहिले सामाजिक सञ्जालभरि छाएको छ। अवलोकन र कृषि पर्यटनका लागि सम्भावनायुक्त यही ठाउँमा एउटा यस्तो ऐतिहासिक  र प्राकृतिक सम्पदा पनि छ, जो वर्षौँदेखि प्राकृतिक सुन्दरताका पारखीलाई कुरेर बसेको छ। त्यो ठाउँ हो धवलागिरि हिमालको प्रतिविम्ब देखिने ऐतिहासिक बूढोपोखरी।

बूढोपोखरीको इतिहास तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहसँग जोडिएको छ। राजा गिर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नचौरका वसन्त बोगटीले १८६६ सालमा राजाको इच्छा अनुसार सो पोखरी निर्माण गर्न लगाएको प्रमाण छ। तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याई यो पोखरी निर्माण गरिएको बताइन्छ।

धवलागिरि क्षेत्रभित्र प्रशस्तै प्राकृतिक पोखरी भए पनि रत्नेचौरको बूढोपोखरीभन्दा ठूला मानव निर्मित पोखरी नभएकाले पनि यो चर्चित छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×