काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो। समितिले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ।
काठमाडौं–५ पोखरेलको नियमित निर्वाचन लड्दै आएको गृह क्षेत्र हो।