ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

दाङ - आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन्।

सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बन्नुभएको छ। त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए।

घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा  नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर  डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको  कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए। एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहो¥याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ।

यसैबीच जिल्लामा आज मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ। मुख्य  निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार आज साना दलहरूलाई बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराइएको छ भने भोलि अर्थात् उम्मेदवारी दर्ताको अन्तिम दिन प्रमुख दललगायतले उम्मेदवारी दर्ता गर्नेछन्।

सत्तासाझेदार दलका बीच  सहमति
मुगु– सत्ता साझेदार दलहरूका बीच मित्रवत् प्रतिस्पर्धाको गरेर निर्वाचनमा जाने सहमति भएको छ। जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबीच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने  निर्णय गरेका थिए। 

आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए। केन्द्रको निर्णय नमान्दा आ–आफ्ना पार्टीमा जिल्लाको छवि खराब देखिने भएपछि जिल्लाका शीर्षनेता शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन्।

सहमतिअनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडामध्ये नौ वडासहित नगरप्रमुख, खत्याड र सोरु गाउँपालिकामा रहेका ११ वडामध्ये ५–५ वडासहित उपाध्यक्ष र मुगुम कार्मारोङमा रहेका नौ वडामध्ये ५ वडासहित अध्यक्षमा कांग्रेसलाई सत्तासाझेदार दलहरूले सहयोग गर्ने सहमति भएको कांगे्रस मुगुका उपसभापति हरिजङ्ग शाहीले जानकारी दिए। 

यस्तै छायाँनाथ रारामा उपप्रमुख, खत्याडमा अध्यक्ष र मुगुम कार्मारोङमा उपाध्यक्ष माओवादीले र सोरुको प्रमुख समाजवादीले उम्मेदवार उठाउने सहमति भएको थियो। वडा सङ्ख्यामात्र सहमति भएकाले जिल्लाभरि कुन–कुन वडा कुन पार्टीले लिने र कति सदस्य कसले लिनेबारे आज सहमति गरेर उम्मेदवार टुङ्गो लगाउने र उम्मेदवारी दर्ता गठबन्धन दलहले सोमबार गर्ने उपसभापति शाहीले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×