काठमाडौँ - फरवार्ड ह्यारी केनको २ गोल मद्दतमा इङ्ग्लिस क्लब टोटनहम प्रि-सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २-१ अन्तरले पराजित गरेको छ।
एन्टोनियो मिर्को कोलाकको गोलसंगै रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो। तर, १-० ले पछि परेको स्थितिमा इङ्ग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी केनले लगातार २ गोल गर्दै टोलीको हार टारेका थिए।
यसै समरमा अनुबन्ध भएका वाइवेस बिसोउमा, रिचार्लिसन, इभान पेरिसिक, क्लेमेन्ट लिन्लेट लगायत खेलाडी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २-१ को पूनरागमन जित निकालेको हो। रेन्जर्सका एन्टोनियो मिर्काे कोलाकको गोल नै सान्त्वना गोल बन्यो।