काठमाडौँ - विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले जानिक निसरमाथि पुनरागमन जित निकाल्दै विम्बलडन ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्। सेन्टर कोर्टमा मंगलबार राति भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले सुरुआती दुई सेट गुमाएपछि त्यसपछि पुनरागमन गर्दै लगातार ३ सेट आफ्नो पक्षमा पारेका हुन्।
दशौं वरीयताका २० वर्षीय इटालियन सिनरले जोकोभिचलाई कडा टक्कर दिए पनि जोकोभिचले पछिल्ला तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए।
३५ वर्षीय जोकोभिचले सिनरलाई ५-७, २-६, ६-३, ६-२, ६-२ ले पराजित गरेका थिए। साविक विजेता समेत रहेका जोकोभिचले अब फाइनल पुग्नका लागि ब्रिटेनका क्यामरुन नोरीसँग खेल्नेछन्।
क्यामरुन नोरीले अर्को क्वाटरफाइनलमा नवौ वरियताका डेभिड गोफिनलाई ५ सेटको खेलमा पराजित गरे। २६ वर्षीय नोरीले गोफिनलाई ३-६, ७-५, २-६, ६-३, ७-५ ले पराजित गरेका थिए।