प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाले आइतवारका लागि बोलाएको सर्वदलीय बैठकमा नजाने एमाले नजाने भएको हो ।
एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए । तर अहिलेसम्म सर्वदलीय बैठक आह्वान सम्बन्धमा पत्र प्राप्त नभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

संसदमा जारी अवरोध हटाउन र एमसीसीका विषयमा थप निर्णय गर्न सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×