नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन बालेनकाे चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा बैठकमा राजनीतिक दलको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठक वडाध्यक्षहरुले नै बहिस्कार गरेपछि आक्रोशित बनेका मेयर शाहले एमाले र कांग्रेसको धङधङी बोकेर नआउन भनेका हुन् ।

मेयर साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रेसका वडाध्यक्षहरु नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । बैठक बहिस्कार गरेर हिँडेपछि नगरसभाको बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

न्यूरोडको नयाँ सडकलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टि जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए ।

मेयर साहले सामाजिक सञ्जालमार्फत ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको भन्दै आक्रोश पोखेका छन् । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उनले जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताएका छन् ।

‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×