अस्ट्रेलियन क्रिकेट टोलीका मुख्य प्रशिक्षकलाई कोरोना संक्रमण

काठमाडौँ - अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डलाई कोरोना संक्रमण भएको छ।

क्रिकेट अस्ट्रेलियाले बुधबार एन्ड्रयुलाई कोरोना संक्रमण पुष्टि गरेको हो। कोरोना संक्रमण देखिएपछि उनी कम्तीमा पनि एक साता सेल्फ आइसोलेसनमा रहने भएका छन्। 

अब उनले श्रीलंकाविरुद्धको एक खेल गुमाउने छन्। एन्ड्रयु दोस्रो खेलका लागि टोलीमा उपलब्ध हुने आशा लिएको अस्ट्रेलियाले बताएको छ। 

श्रीलंका भ्रमण दौरान अष्ट्रेलियाले घरेलु टोलीसँग तीन खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ। टी–२० सिरिज सात जुन तथा एकदिवसीय सिरिज १४ जुनबाट हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×