बालेन शाह पितृशोकमा, पशुपति आर्यघाटमा अन्तिम विधि सम्पन्न

काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण शाहको पशुपति आर्यघाटमा आज अन्तिम संस्कार गरिएको छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत शाहको आज मध्यान्ह निधन भएको अस्पतालले पुष्टि गरेको छ। अस्पतालका चिकित्सकका अनुसार उनी मधुमेहका दीर्घरोगी भएका कारण पछिल्लो समय पिसाब संक्रमणले अवस्था जटिल बनेको थियो। आज १२ बजेर २० मिनेटमा चिकित्सकले शाहलाई मृत घोषणा गरेका थिए। निधनअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर परिवारजनसँग भेट गरेकी थिइन्।

पितृशोकको खबर सार्वजनिक भएपछि सरकारका मन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा बालेनका समर्थकहरू अस्पताल र पशुपति आर्यघाट पुगेका थिए। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समेत आर्यघाटमा उपस्थित भएर दिवंगत शाहप्रति श्रद्धाञ्जली व्यक्त गरे।

शाहको अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको महानगर स्रोतले जनाएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×