लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा सीमित

सोमबार नेप्से परिसूचक १३.८८ अंकले घट्दै ०.५३ प्रतिशतले ओरालो लागेर २५८१.२१ विन्दुमा बन्द भएको छ। यससँगै सेयर बजार लगातार तेस्रो दिन पनि घटेको हो। कारोबार रकम अघिल्लो दिनको ४ अर्ब ५२ करोडबाट घटेर ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ। ३३२ कम्पनीका ९१ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ। समूहगत सूचकमा व्यापार समूह बढे पनि होटल तथा पर्यटनसहित अन्य १२ समूह ओरालो लागेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×