बलिउडका ४ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ - बलिउडका बिग बी उर्फ अमिताभ बच्चन, किंग खान उर्फ शाहरुख खान अजय देवगन र रणवीर सिंहविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूविरुद्ध पान मसला र गुटखाको प्रचार गरेको आरोपमा बिहारको अदालतमा मुद्दा दर्ता भएको हो। 
यी बलिउड स्टारविरुद्ध मुजफ्फरपुरका सामाजिक अभियन्ता तमन्ना हासमीले केस दर्ता गराएकी हुन्। 

वास्तवमा यो मुद्दा अभिनेता अक्षय कुमारबाट सुरु भएको थियो। हालै अभिनेता अक्षयले पान मसाला ब्रान्डको प्रचार गर्दै गरेको देखिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको थियो। चर्को आलोचनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत नै माफी माग्दै उक्त ब्रान्डसँग टाढिएका थिए। उनले उक्त प्रोजेक्टबाट पाएको पारिश्रमिक सामाजसेवामा लगाउने बताएका छन्। 

अक्षयका साथै बलिउड अभिनेता अमिताभ बच्चन, अजय देवगन, शाहरुख खान र रणवीर सिंह पनि पान मसलाको प्रचार गर्दै गरेको देख्न सकिन्छ। अमिताभ बच्चनले गत वर्ष आफूले प्रचार गर्दै आइरहेको तम्बाकु ब्रान्डसँगको आफ्नो सम्झौता रद्द गरिसकेका छन्। 

तर, तमन्नाले दर्ता गरेको मुद्दापछि यी चार अभिनेताको कानुनी झमेला सुरु भएको छ। उनले अमिताभ, अजय, शाहरुख र रणवीरविरुद्ध सेक्सन ४६७, ४६८, ४३९, र १२० बी अन्तर्गत मुद्दा दर्ता गराएकी हुन्। 
उनीहरूविरुद्ध हालेको चार्जसिटमा ‘पैसाको लोभमा आफ्नो पपुलारिटीको गलत प्रयोग’ गरेको आरोप लगाइएको छ। यस मुद्दामा २७ मे मा सुनुवाइ हुँदैछ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×