पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

काठमाडाैँ - यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उत्कृष्ट पाँच पुस्तकहरुको सूची सार्वजनिक भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षकाे पद्यश्री पुरस्कारका लागि पाँच पुस्तककाे सूची सार्वजनिक गरेकाे हाे।

प्रतिष्ठान अनुसार सार्वजनिक गरिएको सूचीमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दिपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको संग्रहालय’ रहेका छन्।

पाँचमध्ये उत्कृष्ट कृतिलाई पद्यश्री पुरस्कार दिइनेछ।

१५ असारमा २०७८ मा प्रकाशित भएर प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट १५ वटा कृतिको सूची सार्वजनिक गरिएको थियो। यी सूची खुला स्वतन्त्र निर्णायक समितिको सिफारिसमा सार्वजनिक गरिएको थियाे।

हाल सार्वजनिक ५ पुस्तकको सूचीबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिने प्रतिष्ठानले जनाएकाे छ।

यस प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।  पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन्। उनलाई वि.सं. २०६३ मा ‘दसगजामा उभिएर’ भन्ने कृतिका लागि प्रदान गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×