ओलीको व्याख्या शेष नागले त गर्न सक्दैनन्, म कसरी गरूँ ? : माधव नेपाल

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको आरोप लगाएका छन्। 

चितवनको भरतपुर महानगरपालिकामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको कार्यक्रममा उनले ओलीले गफले नै मान्छे भुल्याउन सक्ने बताए। 

“गफमा उनलाई कसैले सक्दैन। गफमा उनले विद्यावारिधि गरेका छन्। त्यसैले मान्छे भुल्याउन सक्दछन्,” नेपालले भने। 

अध्यक्ष नेपालले ओलीको व्याख्या हजार जिब्रा  भएका शेष नागले समेत गर्न नसक्ने भन्दै कटाक्ष समेत गरे। 

“केपी ओलीको बखान गर्नु जरुरी छैन। हजार जिब्रा भएका शेष नागले उनको व्याख्या गर्न सक्दैनन्,” उनले भने, “म कसरी गर्न सक्छु ? उनी त बलयगाडा दर्शनका प्रवर्तक हुन्। बलयगाडा चढेर वासिङटन जानु र नेपालमा राजा फाल्नु एउटै कुरा हुन् भन्ने व्यक्ति हुन्।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×