रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिम बीच भेट

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताउँनु भएको स्पुतनिकले जनाएको छ।

"अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ। म तपाईंसँग यी सबै मुद्दाहरू छलफल गर्न चाहन्छु र यस समस्यामा तपाईंको धारणा जान्न चाहन्छु," स्पुतनिकले पुटिनलाई उद्धृत गर्दे लेखेको छ। सो अवसरमा इरानी पक्षले भने मस्कोलाई २० वर्षको अवधिका लागि रणनीतिक सहयोग सम्झौताको मस्यौदा हस्तान्तरण गरेको छ। इरानी राष्ट्रपति इब्राहिम रायसीले मस्कोमा भ्लादिमिर पुटिनसँगको वार्तापछि बुधबार सो कुरा उल्लेख गरेको  टास समाचार एजेन्सीले जनाएको छ।

"हामीले हाम्रा रुसी सहकर्मीहरूलाई हाम्रा देशहरू बीचको रणनीतिक सहयोगसम्बन्धी कागजात हस्तान्तरण गर्यौँ,"  यसले कम्तिमा २० वर्षका लागि सहकार्यका सम्भावनाहरू निर्धारण गर्न सक्ने कुरामा विश्वासको वातावरण निर्माण गर्नेछ", रायसीले भने। उनले तेहरान र मस्कोबीचको व्यापारको वर्तमान स्तर सन्तोषजनक नभएको भन्दै आर्थिक सहयोग बढाउन सुझाव दिएका छन्।

रायसी बुधबार औपचारिक भ्रमणका क्रममा मस्को पुगेका हुन्। इरानी राजनीतिज्ञले पदभार ग्रहण गरेपछि पुटिनसँगको यो पहिलो भेट हो। रायसीले बिहीबार रुसको स्टेट डुमा र मस्कोको क्याथेड्रल मस्जिदमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×