ओखलढुंगाको बिलन्दुमा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता

ओखलढुंगा - ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ। मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बाह्रखरीलाई जानकारी दिए।

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ। पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए।

बिहीबार राति पहिरो जाँदा उक्त हताहत भएको हो। अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×