हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा २८ वर्षीय युकको मृत्यु

काठमाडौँ - हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचानक पुल भाचिँदा सो दुर्घटना हुन गई उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।

२८ वर्षीय ट्र्याक्टर चालक मृतक स्याङ्तानको शव पानीमुनि ट्र्याक्टरले च्यापिएको अवस्थामा बिहान ३ः३० बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×