प्रिमियर लिग: सिटीकाे शानदार जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित निकालेकाे छ। गएराति इतिहाद स्टेडियममा सिटीले बर्नमाउथलाई ४-० ले पराजित गरेकाे हाे।

सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले १-१ गोल गरेका थिए। बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरेका थिए।

खेलकाे १९ औँ मिनेटमा गुन्डाेगनले गाेल गरी सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३१ औँ मिनेटमा ब्रुनीले गाेल गरी सिटीकाे अग्रता दाेब्बर पारे। ३७ ‍औँ मिनेटमा फाेडेनले गाेल गरी सिटीलाई ३-० ले अगाडि बढाएका थिए। ७९ ‍औँ मिनेटमा लेर्माले आत्मघाती गाेल गर्दा सिटीले शानदार जित निकालेको हो।

याे सिटीकाे लगातार दोस्रो जित हाे। २ खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा रहेको छ। बर्नेमाउथको यो पहिलो हार हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×