जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

कैलाली - टिकापुर नगरपालिका–२ बिकासपुर बस्ने बिकाश बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×