काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बुधवार पाहुना टोली जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ। टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे 'ए' बीचको खेल दिउँसो १ बजेबाट शुरू हुनेछ।
नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। आइतवार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो। जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ।
नेपाल र जिम्बावेबीचको दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो।