कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज (मंगलबार) बस्दै छ । अहिले बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने छ भने दलको बैठक ९ बजे बस्ने छ । बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

संसदमा सिर्जना भएको घटनाक्रम र सरकारले आफ्नो मागबारे कुनै चासो नदिएको लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सोमबार बसेको पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×