सुनसरी । मेयर तथा सांसद हुन योग्य भएकाहरुले खानेपानी उपभोक्त संस्था इटहरीको पद छोड्नुपर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बताएका छन् ।
संस्थाको १७ औँ साधारण परिषद बैठकमा बोल्दै मेयर चौधरीले राजनीतिक पार्टीको कामाण्ड सम्हाल्नेहरुले अब खानेपानी नचलाउन आग्रह गरेका हुन् ।
मेयर चाैधरीले सामान्य नागरिकले पनि यस संस्थाको नेतृत्वमा आउने मार्गप्रशस्त गर्न वातावरण निर्माण गर्न आग्रह गरेका छन् । संस्थामा रामप्रसाद चौलागाइँले १७ वर्षसम्म पुर्याएको योगदानको कदर गरेपनि सर्वसुलव तरिकाले स्थानीयले खानेपानी जडान र उपभोग गर्न नपाएको उनको आरोप छ ।
उनले हाल संस्थाले खानेपानी जडान गर्न भन्दै लिने गरेका जडान शुल्कले विपन्न नागरिकलाई मार पर्ने गरेको बताए।
अनावश्यक शीर्षक राखेर संस्थाले लिने गरेको १५ हजार ५ सय ५० रुपैयाँ शुल्क गरिब तथा विपन्न नागरिकका लागि महँगो भएको उनको भनाइ छ । फलस्वरुप उपमहानगरको लबिपुरमा एक सय परिवारको बसोबास रहेपनि त्यहाँ ५ घरमा मात्रै खानेपानीको सुविधा पुगेको र बाँकी ९५ घर खानेपानीको सुविधाबाट बञ्चित भएको उनले भने।