नेपाल बारको प्लान बी ! डा. गोविन्द केसी ?

काठमाडौँ । सर्वोच्च अदालतको नेतृत्वविरुद्धको आन्दोलन किर्ते साबित भई विफल भएपछि नेपाल बारका आन्दोलनकारी समूुहले डा. गोविन्द केसीलाई गुहारेका छन्।

पटकपटक विभिन्न मुद्दामा अनसन बस्दै आम जनमानसबीच ख्याती कमाएका डा. केसीलाई प्रयोग गरी नेपाल बार एशोसिएशनका केही आन्दोलनकारी समूहले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन 'प्लान बी'को तयारी गरेका हुन्। जबराविरुद्धको आन्दोलन किर्ते साबित भइसक्दा पनि नेपाल बारले राजनीतिक दलहरू गुहार्न छोडेको थिएन् तर, हिजो मात्रै प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सार्वजनिक रूपमै जबराविरुद्ध महाभियोग लगाउने बारे गठबन्धन सरकारभित्र कुनै पनि सोच नरहेको स्पष्ट पारेसँगै शम्भु थापा लगायत बारका आन्दोलनकारीहरू रातारात बिच्किएका हुन्। 

 अध्यक्ष प्रचण्डले जबराविरुद्धको चलखेलमा राजनीतिक दलले कुनै भूमिका ननिभाउने स्पष्ट पारेसँगै बारका आन्दोलनकारीहरू डा. गोविन्द केसीले अनसन बसेर कमाएको संवेदना बेचेर चलखेलमा सफलता हात पार्ने तयारीमा लागेका हुन्। बारका आन्दोलनकारीहरूले न्यायालय सुधार गर्ने नाममा केही बुँदा मागसहित आन्दोलन थालेको भएपनि आफैले राखेका माग कार्यान्वयन गर्ने बेला आएपछि पछि हटी आफ्नो असली नियतको धोती फुस्काएका थिए। आन्दोलनकारी नाइकेहरूको गलत नियत देखेसँगै न्यायाधीशहरू आन्दोलन छाडी पुनः अदालत फर्किएसँगै आन्दोलनकारीहरू राजनीतिक दलको ढोका ढकढक्याउन पुगेका थिए। 

तर यतिबेला, राजनीतिक दलहरू जबराविरुद्ध महाभियोग लगाउने पक्षमा नरहेको स्पष्ट भएसँगै अर्को षडयन्त्रमा डा. गोविन्द केसीसँग नेपाल बारले मोलमोलाइ थालेको हो। कतैबाट केही सीप नलागेपछि नेपाल बारले डा. गोविन्द केसीले कमाएको संवेदनाको प्रयोग गरेर आफ्नो स्वार्थ सिद्धी गर्न लागेको न्यायालयभित्रैका न्यायकर्मी एवं कानून व्यावसायीहरूबिच यतिबेला व्यापक चर्चा चलिरहेको छ?

र आमजनमानसबीच भने एउटा प्रश्न व्यापक चर्किरहेको छ, 'के डा. गोविन्द केसी वास्तवमै बारका आन्दोलनकारीहरूसँग मोलमोलाइ गर्दैछन् त?'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×