मिलमा बेरिएर मृत्यु

डोटी। अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उनको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×