काठमाडौँ - स्वीडेन इंग्ल्याण्डमा जारी महिला युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। उसले गएराति सम्पन्न निकै प्रतिस्पर्धात्मक तेस्रो क्वार्टरफाइनलका बेल्जियममाथि १-० को कठिन जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
लेइग स्पोर्ट्स भिलेज स्टेडियममा थप गरिएको समयमा लिन्डा सेम्ब्रान्टले गरेको एक मात्र गोल स्वीडेनलाई जित दिलाउन पर्याप्त बन्यो। अब स्वीडेनले फाइनल प्रवेशका लागि घरेलु टोली इंग्ल्याण्डको सामना गर्नेछ। इंग्ल्याण्ड स्पेनलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।