काठमाडौँ - खल्ती डिजिटल वालेट पनि फोन पेसँग आवद्ध भएको छ। यससँगै अब खल्तीबाट पनि फोन पेको भुक्तानी गर्न सकिनेछ।
सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको थियो। फोन पेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। यस अघि खल्तीबाट फोन पेको भुक्तानी गर्न सकिँदैन थियो। यस सम्झौतासँगै अब विभिन्नस्थानहरुमा हुन् फोन पेको क्युआर कोड स्क्यान गरि खल्तीका प्रयोगकर्ताले फोन पेको भुक्तानी गर्न सक्ने छन्।
इसेवा, आइएमइ पे र सेल पे जस्ता भुक्तानी सेवा प्रदायक आवद्ध भएको फोन पेमा हाल सम्म ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रेहका छन्। यस सम्झौता सँगै खल्ती पनि फोन पेसँग आवद्ध भएको छ।