काठमाडौँ - हलिउड अभिनेत्री एवम् उद्योगी काइली जेनर संसारभरका महँगा सेलिब्रेटीको सूचिमा पहिलो स्थानमा परेकी छिन्।
चर्चित फोब्र्स म्यागेजिनले २०२२ को संसारभरका फिल्म, संगीत, फेसन तथा खेलकुद क्षेत्रका महँगा सेलिब्रेटी समेटेर तयार पारेको यो सूचीमा उनी पहिलो नम्बर ओगट्न सफल भएकी छिन्।
उनको पारिश्रमिक ५ सय ८५ मिलियन डलर रहेको छ। त्यस्तै, दोस्रो स्थानमा गायिका टेलर स्विफ्ट रहेकी छिन् उनको पारिश्रमिक १ सय ७०.३ मिलियम अमेरिकी डलर तथा तेस्रो स्थानमा परेका -यापर तथा फेसन डिजाइनर केनी वेस्टको पारिश्रमिक १ सय ५०.२ मिलियन डलर रहेको छ।
यस सूचीमा समावेश सेलिब्रेटीलाई कुल सम्पत्तिको आधारमा नभई उनीहरूले मासिकरूपमा पाउने गरेको पारिश्रमिकको आधारमा राखिएको जनाइएको छ।