यो निर्वाचन प्रणालीबाट कांग्रेस एमाले पनि आत्तिएका छन् : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेको निर्वाचन प्रणाली र शासन प्रणाली परिवर्तन नगरी नहुने भएकाले त्यसबारे जनतालाई अहिलेबाटै बुझाउन सक्नुपर्ने बताएका छन्। 

शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य खेमबहादुर परियार, टोपबहादुर बलाल लगायतका नेता कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) मा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले निर्वाचन प्रणालीको सुधार अनिवार्य भएको बताएका हुन्। 

‘यो निर्वाचन प्रणाली सारै महंगो भयो, सर्वसाधारणले चुनाव लड्नै नसक्ने भयो यसको सुधार अवश्यक छ’, प्रचण्डले शासन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताए। अहिलेको शासन प्रणालीले भ्रष्टाचार बढाएको भन्दै उनले भने, ‘शासन प्रणाली पनि जालझेल गरेर सांसद बन्ने, सांसद बनेर मन्त्री र मन्त्री बनेर प्रधानमन्त्री बन्न जे पनि गर्ने प्रवृति छ। त्यसैले हामीले भनेको प्रत्यक्ष निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख। यो सिस्टम हुने हो भने भ्रष्टाचारको मुहान बन्द हुन्थ्यो।’ 

उनले अहिलेको निर्वाचन प्रणाली देखेर कांग्रेस एमालेका कतिपय नेताहरु पनि आत्तिएको बताए। ‘अव त नेपाली कांग्रेस एमाले भित्रका धेरै साथीहरु पनि आत्तिएका छन् यो निर्वाचन प्रणालीबाट। कहाँबाट ल्याउने त्यत्रो पैसा ? जिल्ला जिल्लाका मान्छेलाई त गाहे हुन्छ नि करोडौं पैसा खर्च गर्न’, प्रचण्डको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×