काठमाडौँ - गायक कमल खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘म गीत हुँ तिम्रो २’ शीर्षकको गीतमा कमल र गायिका मेलिना मैनालीको स्वर रहेको छ। गीतमा कमलकै शब्द तथा संगीत रहेको।
प्रेमिल भावको गीतको भिडियोमा पुष्प खड्का र एलिजा गौतम फिचर्ड रहेका छन्। भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन्। शुक्रबार रिलिज गरिएको यो गीत युट्युबको नेपाल ट्रेन्डिङमा समेत परिसकेको छ।
भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ।