काठमाडौं - गायिका निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत ’तिमी पनि एक्लै म पनि एक्लै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ’डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
यसअघि श्रेष्ठको शब्द संगीतमा रहेको ’तिमीले साथ’, ’आँखा वरिपरी’, ’निष्ठुरी’, ’के भयो तिमीलाई’ लगायात थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।