काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट हटाउन नचाहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। महाभियोग ल्याउन देउवा देखि सत्तापक्षका नेताहरु नै तयार नभएको उनले टिप्पणी गरेका हुन्।
‘चोलेन्द्रजी राजीनामा दिन्नँ भन्नुहुन्छ, संविधान अनुसार चल्छु भन्नुहुन्छ,’ ओलीले नेपाल बार एशोशिएसनका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै भने,‘शेरबहादुरजी प्रधानन्यायाधीशलाई पदबाट हटाउन चाहनु हुन्न।’ ओलीले चोलेन्द्र शमशेर जबरा नहट्ने संकेत गरे। साथै आफूहरुसँग प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने दुई तिहाईको शक्ति पनि नभएको बताए।
स्रोत:रिपोर्टर्सनेपाल