एजेन्सी । भारतमा सम्पूर्ण निजी कार्यलय घरबाटै सञ्चालन हुने भएका छन् ।
कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी डीडीएमएले सम्पूर्ण निजी कार्यलयलाई घरबाटै काम गर्न निर्देशन दिएको हो । सञ्चालनमा रहेका कार्यलयलाई पनि आधा कर्मचारीलाई मात्र कार्यलय बोलाउन निर्देशन दिएको छ । त्यस्तै, सरकारी कार्यलयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गरेका छन् ।
अत्यावश्यक सेवालाई भने छुट दिइनेछ । निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यालय, विमा कम्पनी, औषधि कम्पनी , वित्तिय कम्पनी, वकिलका कार्याललय र कुरियर सेवालाई भने छुट हुने बताइएको छ ।
सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । तर उनीहरुलाई पनि होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ । संक्रमण दर २५ प्रतिशत रहेको छ । यो दर ५ मेपछिको उच्च हो । दिल्लीमा सोमबार एकै दिन १७ जनाको मृत्यु भएको थियो ।