कोरोना भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै ओलीलाई कारबाही गर्न माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ।

अध्यक्ष ओली कोरोना भाइरस संक्रमित भएको बेलामा आइसोलेसनमा बस्नुपर्ने समयमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि आलोचना भइरहेकोे थियो।

अध्यक्ष ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गर्न अस्वीकार गरेको छ। संक्रामक रोग ऐनविपरीत संक्रमित रहेको अवस्थामै सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आइतबार निवेदन दर्ताका लागि लगिएको थियो। तर, प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न अस्वीकार गरेको छ।

प्रशासनद्वारा उजुरी दर्ता गर्न अस्वीकार

निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेस गरेको निवेदन दर्ता अस्वीकार गरिएको हो। दर्ता अस्वीकार गरेकाले सोमबार पनि दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय जाने अधिकारीले बताए।

उनले भने, ‘सीडीओ कार्यालयले दर्ता गर्न मानेन। बिहान ११ बजे गएका थियौं। दर्ता गर्न आनाकानी गरे। दिनभर बस्दा पनि गरेनन्। अब आज पनि जान्छौं।

भक्तपुरको बालकोटमा बस्दै आएका ओली बालकोटमै गत बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। गत ८ माघमा कोराना संक्रमित भएको रिपोर्ट आएको थियो।

तर, अध्यक्ष ओली १२ माघमा एमाले निकटको राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भए। ओली सहभागी सो कार्यक्रममा सयौंको सहभागिता रहेको भिडियो सार्वजनिक भएको छ। एमालेले ९ माघमा ओली संक्रमित भएको सार्वजनिक गरेको थियो।

यस्तो छ कानुन
२०७४ साल भदौमा संसद्बाट पारित भएर त्यसको एक वर्षपछि कार्यान्वयनमा आएको अपराध संहिताको दफा १०६ मा सरकारी निकायले सरुवा रोगको सम्बन्धमा जारी गरेको आदेश वा नियम उल्लंघन गरेमा छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

यस्तो, आदेश उल्लंघन गरेका कारण कसैको ज्यान गएमा ऐनको दफा १०४ बमोजिम सजाय हुने उल्लेख छ। उक्त दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम १० वर्षसम्म कैद तथा १ लाख रुपैयाँ जरिमाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कैद तथा ३० हजार जरिमाना गर्न सकिने उल्लेख छ। आजको राजधानी दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×