भारत। दक्षिण भारतीय कलाकार रवि तेजाको चलचित्र 'क्र्याक' २०२१मा प्रदर्शनमा आएको थियो। चलचित्रले बक्सअफिसमा उत्कृस्ट कमाई गरेको थियो। चलचित्रको अपार सफलतापछी रवि तेजा पुन: चलचित्र 'खिलाडी' मार्फत दर्शकमाझ आउने भएका छन्। डबल रोल एक्शनले भरिएको चलचित्र ११ फेब्रुअरी २०२२बाट विश्वभरि प्रदर्शन हुने भएको छ।
जानकारीका आनुसार सोहि मितीमा चलचित्रलाई हिन्दि भाषामा पनि प्रदर्शनमा ल्याउने प्रयास भइरहेको छ। उक्त समयमा बलिउडको कुनै पनि ठुलो बजेटको चलचित्र प्रदर्शनमा नआउने भएपछी निर्माण पक्ष यो तयारीमा लागेको हो। रवि तेजाको यो पहिलो चलचित्र हुनेछ जुन हिन्दि भाषामा समेत प्रदर्शनमा आउनेछ।