‘केजीएफ-२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

काठमाडौँ - नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ। मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ को कमाइलाई पनि उछिनेको हो।

मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ। ‘केजीएफ : च्याप्टर २’को लाइफटाइम कलेक्सन ७ करोड १ लाख ग्रस रहेको छ।

सोही अवधिमा ‘कबड्डी ४’लाई २ लाख २४ हजार जना दर्शकले हेरेका छन् भने ‘केजीएफ-२’लाई २ लाख १८ हजार जनाले हेरेका छन्। नेपाली फिल्म बजारको कुल कलेक्सनमा क्यूएफएक्सको हिस्सा झण्डै ६० प्रतिशत मानिन्छ।

तर देशव्यापी कमाइको हिसाबमा चाहिं ५१ दिनसम्म ‘कबड्डी ४’ को कुल कलेक्सन २२ करोड ८३ लाख रुपैयाँ रहेको छ।

‘कबड्डी ४’ अहिले पनि नेपाली हलमा प्रदर्शनरत छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×