युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

किभ। युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ। उनीहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो। उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो।

साथै युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जानकारी दिएको छ। सो भेटवार्तापछि उनीहरुद्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महंगो पर्न जाने उल्लेख गरिएको छ।

रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ। यसैकारणले बेलायत र अमेरिकाले आफ्ना दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन्। तर सो कार्यको रुसले भने खण्डन गर्दै आएको छ। रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×