रोनाल्डो सिजन २०२१–२२ का लागि 'प्लेयर अफ् द' सिजन घोषित

काठमाडौँ - म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई ‘बिबिसी’ले सिजन २०२१–२२ का लागि 'प्लेयर अफ् द' सिजन घोषित गरेको छ। 

‘बिबिसी’ले हरेक वर्ष फ्यानको भोटिङका आधारमा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गर्ने गरेको छ। यसपटक युनाइटेडका रोनाल्डोले ‘बिबिसी स्पोर्ट्स फ्यान प्लेयर अफ् द सिजन’ अवार्ड जितेका हुन्।

३७ वर्षका पोर्चुगिज फरवार्ड रोनाल्डोले सिजनभरमा युनाइटेडका लागि ३८ खेल खेल्दै २४ गोल गरे ४ गोलमा असिस्ट गरे। उनले टिमको जितमा १२ खेलमा विजयी गोल गरे भने ६ खेलमा टिमलाई हारबाट बचाउन बराबरी गोल गरेका थिए।

रोनाल्डोले प्रिमियर लिग १८ गोल र च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए। उनी घरेलु लिगमा तेस्रो सर्वाधिक गोलकर्ता  बनेका छन्। ‘बिबिसी’ले फ्यानको भोटिङका आधारमा सिजनको बेस्ट खेलाडी घोषणा गर्दा रोनाल्डोले कूल ५४ प्रतिशत भोट पाएर विजेता बनेको ‘बिबिसी’ले जनाएको छ। 

अहिले रोनाल्डो युईएफए नेसन्स लिगको सुरुआती ४ खेलका लागि पोर्चुगलको राष्ट्रिय टोलीको तयारीमा व्यस्त रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×