साफ यु-२०: माल्दिभ्सलाई ४-० ले हराउँदै नेपालको शानदार सुरुवात

काठमाडौँ - भारतमा हिजोबाट सुरु भएको साफ यु-२० मा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले हिजो भएको उद्घाटन खेलमा माल्दिभ्समाथि ४-० को सहज जित हात पार्दै विजयी सुरुवात गरेको हो।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालाई शानदार जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल ,कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १/१ गोल गरेका थिए।

खेलको ४२औँ मिनेटमा दीपेश गुरुङको गोलमार्फत नेपालले अग्रता लिएको थियो। ५८औँ मिनेटमा सुगमले नेपालको अग्रता दोब्बर बनाए। ६१औँ मिनेटमा कृतिशले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे।

थपगरिएको समयमा मनग्यले गोल गरेपछि नेपाललले ४-० को सहज जित दर्ता गरेको हो। जितसँगै नेपालले ३ अंक जोड्दा मल्दिभ्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×