एजेन्सी। लिबियाको राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव गरेको छ। यही शुक्रबारका लागि तय गरिएको निर्वाचनलाई स्वास्थ्य सङ्कटलगायतका कारण देखाउँदै जनवरी २४ मा गर्नेगरी आयोगले प्रस्ताव गरेको छ।
“राष्ट्रपति निर्वाचनसम्बन्धी कानुनबमोजिम आयोगले मतदानको दिन स्थगनको घोषणा गर्नसक्छ। आयोगको आग्रहअनुसार लिबियाली संसद्ले ३० दिनभित्र नयाँ मिति तय गर्नसक्ने संवैधानिक प्रावधान छ। आयोगले संसद्सँग परामर्श गरेपछि पहिलो चरणको निर्वाचनलाई सन् २०२२ को जनवरी २४ का लागि प्रस्ताव गरेको रूसी समाचार संस्था स्पुत्निकले लिबियाली अधिकारीलाई उद्धृत गरी जनाएको छ।