काठमाडौँ - बारामा १०५ किलो लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार बिहान जितपुरसिमरा उपमहानगरपालिका २२ बाट अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो।
ना१क ३२०५ नम्बरको ट्रकमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
पूर्व पश्चिम राजमार्गको चुरिया माई मन्दिर नजिक नालामा पल्टिएको ट्रकमा चेक जाँच गर्दा उक्त गाँजा भेटिएको प्रहरीले जनाएको छ।